Saturday, April 14, 2012

अत्याधुनिक शौचालयको अत्याधुनिक शौचालयको

बैशाख,२ चितवन कृष्ण आचार्य क्षेत्रि समाज नेपाल भरतपुरले निर्माण गरेको अत्याधुनिक शौचालयको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भरतपुरको चौबिसकोठीमा निर्माण गरिएको शौचालयको बरिष्ठ समाजसेवि एबं कालिका एफ. एम प्रबन्ध निर्देशक ब्रि्रम पाण्डेले उद्घाटन गर्नुभयो । क्षेत्रि समाज नेपाल भरतपुर ६ प्रारम्भिक समितिका अध्यक्ष तथा क्षेत्री समाज नेपाल चितवनका उपाध्यक्ष युवराज क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्री समाज नेपाल का केन्द्रिय महासचिब कुमार खड्का बिशिष्ठ अतिथि रहनु भएको थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्कि भरतपुर नगरपालिकाका कार्यकारी प्रमुख रामजि प्रसाद बराल, रुषी महाँसँघका लागी नबनियूक्त राजदुत डा.रबिमोहन सापकोटा "कोपिला",क्षेत्री समाज नेपाल चितवनका सल्लाहकार संयोजक नारायण सिंह कुँवर,स्थानीय टोल बिकाश सँस्थाका अध्यक्ष एबं राप्रपा नेपालका जिल्ल्ा अध्यक्ष बद्रिनाथ तिमल्सिना लगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा शौचालय निर्माणमा सहयोग गर्ने ८ जनालाई प्रशंसा पत्र र १३ जनालाई कदरपत्र प्रदान गरीएको थियो । त्यसैगरी शौचालय निर्माणमा बिशेष सहयोग गरे बापत बरिष्ठ समाजसेवी पाण्डे,भरपुर नगरपालिका,स्थानीय टोल बिकाश सँस्थाका अध्यक्ष तिमल्सिना,समाजका महासचिब खड्कालाई सम्मानपत्र दिईएको थियो । कार्यक्रमका प्रमुख अतिथि एबं बरिष्ठ समाजसेवि पाण्डेले क्षेत्रि समाज नेपाल भनपा ६ बैदिक नगरलाई ३ लाख १ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ ।

Thursday, April 5, 2012

बिद्युत चोरी गर्ने १८ जना चितवनबाट पक्राउ, एकै दिनमा ८८ हजार रुपैयाँ भन्दाबढि जरिवाना असुल

बिद्युत चोरी गर्ने १८ जना चितवनबाट पक्राउ, एकै दिनमा ८८ हजार रुपैयाँ भन्दाबढि जरिवाना असुल

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भरतपुर नगरपालिका क्षेत्रमा विद्युत हुकिङ्ग बढेको खबर पाएपछि मंगलबार बिहानै भरतपुर नगरपालिकाको १, ५, ६, १३ र मंगलपुर गा. वि. स. वडा नं २ मा अनुगमन गरेको थियो।

अनुगमनको क्रममा प्राधिकरणले विभिन्न व्यक्तिहरुले विद्युत चोरी गरी प्रयोग गरिरहेको भेट्टाएपछि १८ जनालाई नियन्त्रणमा लिएको थियो। बिद्युत चुहावट अभियान अर्न्तर्गत खटिएको सशस्त्र, नेपाल प्रहरी र प्राधीकरणको संयूक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर "८८ हजार आठ सय रुपैया“ जरिवाना असुल गरेको छ।

नेपाल सरकारले विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणलाई दवाव दिएपछि चितवनमा चालु आर्थिक वर्षको चैत महिनाको १४ गतेसम्ममा "१५ लाख ९९ हजार ९ सय ७५ रुपैया“ जरिवाना बापतको राजस्व संकलन भएको छ।

हामी सधैँ अधिकारको कुरा गर्छौं, सरकारले यो गरेन, त्यो गरेन भनेर। अधिकार माग्नेले कर्तव्य पनि पालना गर्ने हो कि? कसो साथीहरु ?