Thursday, April 5, 2012

बिद्युत चोरी गर्ने १८ जना चितवनबाट पक्राउ, एकै दिनमा ८८ हजार रुपैयाँ भन्दाबढि जरिवाना असुल

बिद्युत चोरी गर्ने १८ जना चितवनबाट पक्राउ, एकै दिनमा ८८ हजार रुपैयाँ भन्दाबढि जरिवाना असुल

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भरतपुर नगरपालिका क्षेत्रमा विद्युत हुकिङ्ग बढेको खबर पाएपछि मंगलबार बिहानै भरतपुर नगरपालिकाको १, ५, ६, १३ र मंगलपुर गा. वि. स. वडा नं २ मा अनुगमन गरेको थियो।

अनुगमनको क्रममा प्राधिकरणले विभिन्न व्यक्तिहरुले विद्युत चोरी गरी प्रयोग गरिरहेको भेट्टाएपछि १८ जनालाई नियन्त्रणमा लिएको थियो। बिद्युत चुहावट अभियान अर्न्तर्गत खटिएको सशस्त्र, नेपाल प्रहरी र प्राधीकरणको संयूक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर "८८ हजार आठ सय रुपैया“ जरिवाना असुल गरेको छ।

नेपाल सरकारले विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणलाई दवाव दिएपछि चितवनमा चालु आर्थिक वर्षको चैत महिनाको १४ गतेसम्ममा "१५ लाख ९९ हजार ९ सय ७५ रुपैया“ जरिवाना बापतको राजस्व संकलन भएको छ।

हामी सधैँ अधिकारको कुरा गर्छौं, सरकारले यो गरेन, त्यो गरेन भनेर। अधिकार माग्नेले कर्तव्य पनि पालना गर्ने हो कि? कसो साथीहरु ?