Thursday, March 22, 2012

चितवनको मूख्य बजार क्षेत्र ब्यवस्थापनको कार्य आजबाट फेरी शुरु भएको छ

,चितवन-राजु सापकोटा)
चितवनको मूख्य बजार क्षेत्र ब्यवस्थापनको कार्य आजबाट फेरी शुरु भएको छ । भरतपुर नगरपालिका,जिल्ला प्रहरी कार्यालय,ट्राफिक प्रहरी कार्यालय लगायत बिभिन्न संघ-संगठनको सकृयतामा बिहानैबाट ब्यवस्थापन कार्य शुरु भएको हो । 
ब्यवस्थापनका लागी आज बिहान देखि ११ बजेसम्म्ा आँफूसहितको टोली नारायणगढ क्षेत्रमा खटिएर सडक मिचेर बनाईएका संरचना भत्काईएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले कालिका एफएमलाई जानकारी दिनुभयो । कार्कीका अनुसार आज सम्म आधा दर्जन घर र १ दर्जन बढि घरका पेटिहरु भत्काईएका छन् । कार्कीका अनुसार कतिपय घर मालीकले आँफैले संरचना भत्काउनेँ सहमती जनाएका छन् । आज पुल्चोक देखि लायन्स चोक सम्मका घर टहरा र पेटिहरु भत्काईएको हो । भत्काउने कार्य भोली पनि जारी रहने प्रमुख जिल्ला अधिकारी कार्किले बताउनुभयो । अभियान सुरु भएसंगै अहिले नारायणगढ बजार फराकिलो देखिन थालेको छ ।
यसअघि सडकको दुबैतीर २५ मिटरभित्र पर्ने भौतीक संरचना र फुटपाथ ब्याबसायीलाई हट्न चैत्र ७ गते मंगलबारसम्म हट्न सूचना जारी गरीएको थियो । 
अभियान थालनी भएको शूरुमा बिरोध नभएपनि अहिले बिरोधका स्वरहरु आउन थालेको छ । यसअघि राष्ट्रिय उद्योग ब्यापार सँघ जिल्ला कार्य समिती चितवनले फुटपाथ ब्याबसायलाई हटाउनु भन्दा पहिले बैकल्पिक ब्यवस्था गर्न माग गर्दे हिजो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

No comments:

Post a Comment