यस बर्षको एसएलसी परीक्षा आज बाट सकिएको छ ।
एसएलसीमा चितवन बाट १३ हजार ९१ जना विद्यार्थीले सहभागीता जनाएका छन् । ती
मध्ये ३ जना दृष्टिविहीन , ४ जना कैदी बन्दी र ५ सय १६ जना माओवादीका
पुर्व लडाकु रहेका छन् । चितवनमा शान्तिपुर्ण रुपमा एसएलसी परिक्षा
सम्पन्न भएको छ । परिक्षामा केही अनुपस्थित भएका छन् भने एक छात्रा
निष्कासनमा परेकी छन् । यस्तै , माओवादी लडाकुका तर्फबाट केही नक्कली
परिक्षार्थीले परिक्षा दिएको पनि भेटिएको थियो । जिल्लामा ४० वटा परीक्षा
केन्द्र निर्धारण गरिएको थियो । शान्तिपुर्ण रुपमा परिक्षा सम्पन्न गर्न
४ सय सुरक्षाकर्मी खटाईएको थियो । यस्तै , ४० केन्द्राध्यक्ष , ७० सहायक
केन्द्राध्यक्ष, ५ सय ६२ निरिक्षक ,र १ सय ८९ सहायक कर्मचारी खटीएका थिए
। यसैबीच , जिल्ला शिक्षा कार्यलय चितवनले एक सुचना जारी गरी विगतमा जस्तै
यस पटक पनि जिल्लामा शान्तिपुर्ण रुपमा परिक्षा सम्पन्न गर्न सहयोग गर्ने
सबैर्लाई धन्यवाद दिएको छ । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले
एसएलसी परिक्षालाई मर्यादीत र व्यवस्थीत बनाउन सहयोग गर्ने सबै कर्मचारी ,
राजनितिक दल , पेशागत शिक्षक संगठन , विद्यार्थी , विद्यालय व्यवस्थापन
समिति , शिक्षक अभिभावक संघ , शिक्षाप्रेमी , नागरिक समाज लगायत सबै
सरोकारवालाहरुलाई धन्यवाद दिनुभएको छ ।
No comments:
Post a Comment